+
+

कांग्रेसका नेता–कार्यकर्ताले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्छ : सभापति देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १२:३२

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेता–कार्यकर्ताहरुले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आज बिहान उदघाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसका नेता–कार्यकर्ताहरुमा अध्ययन गर्ने बानी बस्ने उनले विश्वास व्यक्त गरे ।

देउवाले भने, ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दैपढ्दैन भनेर । अब लाइब्रेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई ।’

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।

बीपी कोइराला राजनीति, साहित्य लगायत हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले बीपीको योगदान अविष्मरणीय रहेको बताए ।

‘उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबै कुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ,’ देउवाले भने, ‘राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?