+
+
Shares

एनआईसी एसिया बैंक २७औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १३:०२

काठमाडौं । एनआईसी एसिया बैंक २७औं वर्षमा प्रवेश गरेको छ ।

२७औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

मुलुकभरि ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकमाझ गतिशील बैंकिङ पार्टनरको रुपमा जोडिएको बैंकले जनाएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा दिइरहेको बैंकको भनाइ छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकिएको बैंकले जनाएको छ ।

गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिएको बैंकको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?