 
																			काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए ।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।
नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताए । ‘अहिले बुवाको अवस्था सामान्य छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4