+
+

जहाजमा झुण्डिएर ‘मिसन इम्पोसिबल ८’ को छायांकन गर्दै टम क्रुज (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १८:०३

काठमाडौं । हलिउड अभिनेता टम क्रुज आगामी फिल्म ‘मिसन इम्पोसिबल ८’ को छायांकनमा व्यस्त छन् । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित छायांकन सेटमा उनी हेलिकप्टरमा झुण्डिएका तस्वीर यतिबेला भाइरल बनिरहेका छन् ।

यो खतरनाक एक्सनका लागि अभिनेता क्रुज सोमबार हेलिकप्टरको एकपट्टिको भागमा झुण्डिएको देखिए । तत्कालै यो दृश्य अन्तर्राष्ट्रिय मिडियामा छ्याप्छ्याप्ती भयो ।

६२ वर्षीय अभिनेता फिल्मको मुख्य जासूस पात्र इथन हन्टको भूमिकामा अर्को वर्षमा ठूलो पर्दामा फर्किंदैछन् । उनी अभिनेता एसाई मोरालेससँग छायांकनमा थिए । मोरालेसले फिल्मको फ्रेन्चाइजीमा रहस्यमय आतंकवादी गेब्रियलको भूमिका गरिरहेका छन् । यी दुईजना आकाशमा लडिरहेका थिए ।

लायन्सगेटको ब्यानरमा अहिले यो चर्चित एक्सन सिरिजको छायांकन बेलायतका विभिन्न स्थानमा भइरहेको छ । ‘मिसन इम्पोसिबल’ फिल्म शृंखला खतरनाक एक्सन दृश्यका लागि चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?