+
+

सेयर बजारमा १० अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:०५

७ साउन, काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेको ४ मिनेटमै नेप्से परिसूचकले २५०४ अंकमा पुग्यो । तर सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । त्यसपछि सम्हालिएको बजार २ बजे २४८१ अंकमा कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अंक कमी हो ।

२ बजेसम्म बजारमा १० अर्बको कारोबार भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १४९ को घटेको छ भने ७ को स्थिर छ । २ बजेसम्म उत्पादन, अन्य, व्यापार फाइनान्स र हाइड्रोपावर समूहका सूचक हरियो भए पनि अरु सबै घटेका छन् ।

बैंकिङ सूचक सबैभन्दा धेरै १.४ प्रतिशत घटेको छ भने उत्पादन सबैभन्दा धेरै १.९ प्रतिशत बढेको छ । हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, हिमालयन डिस्टिलरीलक्ष्मी सनराइज बैंक कारोबारका आधारमा क्रमशः अगाडि देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?