+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

वर्षासहित ‘मोदीबेनी’का कलाकारलाई पशुपतिमा पञ्चैबाजाले स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:३८

काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकार पशुपतिनाथको वनकालीमा आयोजित कोटीहोम महायज्ञमा सहभागी भएका छन् । कलाकारहरु वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल लगायत पूजामा सहभागी भए ।

आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्‍याएको थियो । सो अवसरमा वर्षाले भक्तिभावले जीवन सुन्दर हुने भन्दै रिलिजको सम्मुखमा आशीर्वाद लिन महायज्ञमा सहभागी भएको बताइन् ।

उनले सो महायज्ञकी कथावाचिका राधिका दासको जीवन संघर्ष र जीवन दर्शनको विचारबाट आफू प्रभावित भएको बताइन् ।

कमलमणिले आफूले अभिनय गरेको फिल्मलाई आशीर्वाद लिन आफू आएको बताए ।

शंकर कोइराला निर्देशित यो फिल्ममा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई लगायतको पनि अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?