 
																			२० साउन, पोखरा । पोखरामा लामो समयदेखि कला गतिविधि गर्दै आएको अग्रणी संस्था सिर्जनशील कलाकार समूहले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको २१औं अधिशेवनले कलाकार दलबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कलाकार झपिन्द्र गुरुङ, कोषाध्यक्ष रिक गुरुङ, महासचिव हेमकान्ति गुरुङ र सचिव निशान थापा चयन भए । त्यस्तै सदस्यहरुमा देवेन्द्र गुरुङ, युवराज लामिछाने, सुविन श्रेष्ठ, बाबुराम बस्ताकोटी र शिव शिर्पाली चयन भएका छन् ।
सिर्जनशील कलाकार समूह २०५६ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि नै पोखरासहित आसपासका ठाउँमा कला प्रवर्द्धनका विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4