+
+

महानगरले पुनर्निर्माण गर्‍यो १८औं शताब्दीको दाफा भजन फल्चा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:४२

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८औं शताब्दीको दाफा फल्चा भजन पुनर्निर्माण गरेको छ ।

वडा नम्बर ८ स्थित पशुपतिनाथ देवपत्तन भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरेको हो ।

शनिबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडा ८ का अध्यक्ष आशामान संगतले पुनर्निर्मित फल्चाको उद्घाटन गरेका हुन् ।

फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औं शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ ।

‘जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनर्निर्माण गराइएको हो,’ वडाध्यक्ष संगतले भने,  ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख बेहोर्नु परेको थियो ।’

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ ।

उद्घाटनपछि बोल्दै भकुंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भने, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ ।’

डंगोलका अनुसार वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?