काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।
सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
‘आईएमई गरौं,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
आईएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुका साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न सक्नेछन् ।
सबै प्रकारका बीमा नवीकरण एवम् अन्य सेवाहरूको भुक्तानीका साथै आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।
प्रतिक्रिया 4