+
+
Shares

ह्यारिसको उपराष्ट्रपति उम्मेदवार टिम वल्ज

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते २०:०६

२२ साउन, काठमाडौं । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेकी कमल ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी छन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार मिनसोटाका गर्भनर टिम वल्जलाई उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेकी हुन् । यद्यपि ह्यारिसले औपचारिक रुपमा घोषणा गरेकी छैनन् ।

६० वर्षीय वल्ज मिनसोटाका गर्भनर बन्नुअघि शिक्षक र फुटबल प्रशिक्षक थिए । नेब्रास्कामा जन्मिएका उनी १७ वर्षको उमेरमा आर्मी नेशनल गार्डमा आवद्ध भए । २४ वर्ष सेवा गरेपछि जन्मस्थान फर्किएर विद्यालय शिक्षक बने ।

२००६ मा मिनसोटाबाट कंग्रेस सदस्य चुनिए । लगातार १२ वर्ष सांसद रहेका उनले २०१९ मा गर्भनरको चुनाव जिते । तर उनको कार्यकाल कोभिड महामारी र सुरक्षाकर्मीबाट जर्ज फ्लोयडको हत्याका कारण प्रभावित भयो ।

भड्किएको हिंसा समयमै नियन्त्रणका लागि कदम नचालेको भन्दै रिपब्लिकनले उनको चर्को आलोचना गरे तर वल्ज २०२२ मा फेरि गर्भनरको चुनाव जित्न सफल भए ।

२०२४ को राष्ट्रपति चुनावमा भने उनी खासै चर्चामा आएका पात्र होइनन् । तर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र जेडी भान्सबारे गरेको टिप्पणीले उनी एकाएक चर्चामा आए ।

हालै मात्र एक कार्यक्रममा उनले ट्रम्पबारे भनेका थिए, उनी असामान्य मानिस हुन्, विचित्र !’ उनले निरन्तर यही शब्द प्रयोग गरेर रिपब्लिकनमाथि धावा बोलेपछि कमला ह्यारिसले पनि उनकै शब्द दोहोर्‍याउन थालेकी थिइन् ।

उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा ट्रम्पसँगै उनका उपराष्ट्रपतिका उम्मेदवार भान्समाथि दबाब हुने विश्लेषण गरिएको छ ।

प्रष्टवक्ता रहेका वल्जले स्वतन्त्र र परम्परागत मतदातालाई आकर्षित गर्नसक्ने अनुमान छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?