+
+
Shares

धितोपत्र बोर्डबाट हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १४:५२

२४ साउन, काठमाडौं । हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ ।

बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

‘प्रक्रिया पूरा गरेकाले सो कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छ,’ बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले भने, ‘अन्यको प्रक्रिया पूरा नभएकाले रोकिएको छ ।’

हाल २९ वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् । हिमालयन मर्चेन्ट बैंकर थपिएसँगै ३० वटा हुनेछन् । सञ्चालनमा आएका मर्चेन्ट बैंकहरूले बर्सेनि बोर्डबाट अनुमतिपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ ।

मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक कार्यहरू गर्छन् ।

संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा आफूले खरिद गर्न प्रत्याभूति (अन्डरराइटिङ) दिने, संगठित संस्थाको तर्फबाट धितोपत्र धनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी लगायत सेयर रजिस्ट्रेसन सम्बन्धी अन्य सेवा प्रदान गर्ने, लगानी तथा परामर्श सेवा दिन्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?