२७ साउन, विराटनगर। लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आइतबार दिउँसो आईसीयूमा आगलागी भएको हो ।
प्रहरीका अनुसार आइतबार दिउँसो आगो लागेको थियो । विद्युत सर्ट भएर लागेको केही समयपछि नियन्त्रणमा आएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागी हुँदा आसियूमा विरामी थिएनन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4