+
+

जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ९:३९

२८ साउन, विराटनगर । मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म ५८ करोड २२ लाख मुनाफा आर्जन गरेको हो । यो मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा ४३‍.६७ प्रतिशत बढी हो । अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा र ३ लाख ३८ हजार सदस्य छन् ।

गत वर्ष जीवन विकासको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३० लाखबाट बढेर १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि सामान्य अंकले बढेको छ । इम्पेयमेन्ट चार्ज ३७ करोड ३४ लाख रुपैयाँबाट बढेर ३७ करोड ९१ लाख पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको जीवन विकासको जगेडा कोषमा १ अर्ब ४३ करोड  ६४ लाख रुपैयाँ जम्मा रहेको छ । वितरणयोग्य नाफा  ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

जीवन विकासको प्रतिसेयर आम्दानी ४३‍.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ  पुगेको छ । जीवन विकासको निस्क्रिय कर्जा  (एनपीएल) भने ४.६६ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?