भैरहवा । कजरिया रमेश टायल्सले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्र किल्न लाइट अप (भट्टी प्रज्वलन) सञ्चालनमा ल्याएको छ ।
सोमबारदेखि सञ्चालनमा आएको कारखानाले नेपाली बजारमा माग अनुसार उच्च गुणस्तरका टायल्स उत्पादन हुने कम्पनीले जनाएको छ ।
नेपालमा उच्च गुणस्तरका टायल्स उत्पादनसँगै मूल्य पनि सहज हुने हुँदा उपभोक्ताले लाभ उठाउने विश्वास कम्पनीको छ ।
कजरिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजरियाले अत्याधुनिक प्लान्ट स्थापनासँगै नेपालको बढ्दो टायल्स बजारलाई सक्षम बनाउने बताए ।
कजरिया रमेश टायल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4