३० साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् ।
बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेतिर संकेत गर्दै यस्तो आशंका गरेका हुन् । सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएका थिए ।
‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, प्रचण्डले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए ।
यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने प्रचण्डले बताए । उनले अगाडि भने, संविधानको रक्षा, प्राप्त उपलब्धीको र रक्षा लोकतन्त्रको सुदृढीकरढणका लागि सबैसँग मिलेर जान तयार छु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4