+
+
Shares

गरिबलाई कानुनले खान दिँदैन, विकासलाई केन्द्रमा राखौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते २०:४१

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सबै समय दिएर काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित मन्त्रालयगत कामको समीक्षा र १०० दिने कार्य योजनाबारेको छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कीर्तिपुरको क्रिकेट मैदानलाई बढी समय दिन निर्देशन दिए ।

‘दशौं राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि के–के गर्नुपर्नेछ आवश्यक प्रस्ताव ल्याउनुस्’, उनले भने ।

यसैवर्ष कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रधानमन्त्रीले थप निर्देशन दिए ।

उनले पूँजीगत खर्च शत प्रतिशत गर्न र बेरुजु नहुने गरी काम मन्त्रीहरुलाई भने । ‘हामीले नगरे कसले गर्ने ?’, प्रधानमन्त्रीले भने ।

खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन पनि उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई निर्देशन दिए ।

कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्न समेत उनले निर्देशन दिए । ‘कानुन मात्रै धेरै बनाइयो भनेर हुन्न ।

गरिबलाई कानुन मात्रै दिएर के काम ?,’ उनले भने, ‘कानुनले खान दिँदैन । त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन ।’

प्रधानमन्त्रीसँग रोजगार जस्ता ठूला पदका नामबाट कार्यक्रम नराख्न समेत उनले निर्देशन दिए । ‘कहाँ निर्णय गरेर हुन्छ परिवर्तन गर्नुस्,’ उनले भने, ‘जनतासँग रोजगार जस्ता नाम राख्नुस् ।’

‘संघको सिको गरेर प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यो उपयुुक्त होइन’, उनले अघि भने, ‘नयाँपन पनि भएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?