+
+

एक सातामा मूल्य उच्च दरमा घटेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते ९:२८

२३ भदौ, काठमाडौं । विगत एक सातामा सेयर बजारको परिसूचक ०.८ प्रतिशतले घट्दा केही कम्पनीको मूल्य भने २० प्रतिशतसम्म घट्यो ।

विगत सातामा धेरै मूल्य घटेका कम्पनीमा हाइड्रोपावर कम्पनीहरु अगाडि रहे । सबैभन्दा धेरै घट्ने समूह फाइनान्स रहे पनि मूल्य घट्नेमा हाइड्रोपावर कम्पनीहरु अगाडि देखिए ।

विगत एक सातामा फाइनान्स समूह ३.२५ प्रतिशत घट्दा हाइड्रोपावर २.३६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ २.३, होटल तथा पर्यटन २.२३, उत्पादन १.५९, व्यापार ०.३४, लगानी १.८ र अन्य समूह १.०४ प्रतिशत घटे । माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा ५.०३, विकास बैंक १.८७ र जीवन बीमा समूह ०.८१ प्रतिशत बढे ।

विगत एक सातामा मूल्य उच्च दरमा घट्नेमा नेपाल फाइनान्स सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको मूल्य २०.८९ प्रतिशत घटेको छ । त्यस्तै माइखोला हाइड्रोपावरको २०.५९, पिपुल्स हाइड्रोपावरको १८.१४, मिडसोलु हाइड्रोपावरको १५.३७, माथिल्लो मैलुङखोलाको १४.७३ प्रतिशतले मूल्य घट्यो ।

मन्दाकिनी हाइड्रोपावरको ९.८९, रसुवागढी हाइड्रोवावरको ९.३८, हिमालयन हाइड्रोपावरको ८.३५, मैलुङखोला जलविद्युत्को ७.२४ तथा ग्रिनभेन्चरको ६.४५ प्रतिशत मूल्य घट्यो ।

यी हुन् विगत एक सातामा मूल्य उच्च दरमा घटेका १० कम्पनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?