+
+

एमालेलाई गणतन्त्र मन परेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते ९:५९

२३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले नेपालको वर्तमान संविधान मन नपराएको गम्भीर आरोप लगाएका छन् ।

बुधबार सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘एमालेलेलाई यो संविधान मन परेको छैन । एमाले संविधान खारेजको पक्षमा छ’ प्रचण्डले भने, ‘एमालेलाई समावेशी, समानुपातिक र गणतन्त्र मन परेको छैन ।’

वर्तमान सरकारले संविधान संशोधन गर्ने बताउँदै आएको छ । यो सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले वर्तमान संविधानको पूर्णतः कार्यान्वयन हुनै बाँकी रहेको बताएका छन् ।

कार्यान्वयन हुनै बाँकी रहेको संविधान संशोधन गर्ने पक्षमा आफूहरू नरहेको पनि प्रचण्डको भनाइ छ । ‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन, कार्यान्वयन हो’ उनले भनेका छन् ।

संविधान कार्यान्वयनका लागि संघीय निजामति ऐन बनाउनुपर्ने भन्दै प्रचण्डले यसमा  ध्यान दिन सरकारलाई आग्रह गरे । संघीय प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन सुझाए । संविधानका यी महत्वपूर्ण प्रावधानहरू कार्यान्वयन गर्नै बाँकी रहेको अवस्थामा संशोधन नभएर कार्यान्वयन गर्ने विषय नै प्राथमिकतामा पर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?