+
+

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते ११:४७

५ कात्तिक, काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मूलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मूलपानीबाट पक्राउ गरेको हो ।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।

उनले मूलपानीमा एक घर भाडामा लिएर घरमा भाँडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?