काठमाडौं । गायक सुशान्त केसीको नयाँ गीत ‘बार्दली’ युट्युवमा सार्वजनिक भएको छ । आइतबार रिलिज भएको गीतलाई अहिलेसम्म ७ लाखभन्दा धेरै पटक हेरिएको छ ।
२४ घण्टा नपुग्दै यो गीत युट्युवको संगीत खण्डतर्फ दोस्रो स्थानमा ट्रेन्डिङमा छ । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।
सुशान्त र इन्द्रकला राईको स्वर रहेको गीतमा शब्द र संगीत केसीकै छ ।
भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, सशांक बोहरा, आना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कासम्म देखिएका छन् । अन्जोन लिम्बुले भिडियोे निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4