+
+

स्टान्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत लाभांश घोषणा, सेयर बोनस कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १७:४०

१३ कात्तिक, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

धनतेरस दिनकै अवसर पारेर बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत सेयर बोनस रहेको कम्पनीले जनाएको छ ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । प्रायः नगद लाभांशलाई जोड दिँदै आएको बैंकले यस पटक बोनस सेयर समेत प्रदान गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?