+
+

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ९:१३

२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?