+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रीलंकामा संसदीय निर्वाचन जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १६:२१

२९ कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपति चयन गरेको करिब सात हप्तापछि श्रीलंकामा बिहीबार संसदीय निर्वाचन भइरहेको । ८ हजार ८०० भन्दा धेरै उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा १ करोड ७१ लाखभन्दा धेरै मतदाताहरू मतदान गरिरहेका छन् ।

संसदको २२५ सिटमध्ये १९६ सांसदहरू प्रत्यक्ष निर्वाचित हुनेछन् । बाँकी राजनीतिक दलहरूले आफूले प्राप्त गरेको समानुपातिक मत प्रतिशतको आधारमा सांसद मनोनयन गर्नेछन्।

‘४९ राजनीतिक दल र २८४ स्वतन्त्र समूहका ८ हजार ८०० भन्दा बढी उम्मेदवार चुनावमा लडिरहेका छन् तर, करिब एक हजार उम्मेदवारले मात्रै सक्रिय प्रचारप्रसार गरेका छन्’, जनमत अनुगमन समूह पिपुल्स एक्सन फर फ्री एण्ड फेयर इलेक्शन्सका कार्यकारी निर्देशक रोहाना हेत्तियारच्चीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उच्च मुद्रास्फीति, खाद्यान्न र इन्धन अभावले सन् २०२२ मा चरम राजनीतिक संकट निम्त्याएपछि सुरु भएको आन्दोलनमा प्रदर्शनकारीहरूको दबाबका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएर देश छाडेका थिए ।

उनी अपदस्थ भएपछि उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग तीन बिलियन डलर सहायतका लागि वार्ता गरेको भएपनि धेरै श्रीलंकाली नागरिकहरूले अझै पनि आर्थिक कठिनाइ महसुस गरिरहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?