+
+

शनिबारदेखि २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते २१:१९

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् ।

शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हलमा फिल्म उतार्ने निर्णय गरेका छन् ।

बिराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा पनि उतार्ने जनाइएको छ ।

ती हलमा फिल्म हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माता ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि उक्त रिपोर्टमा असहमति जनाउँदै शनिबारदेखि फिल्म उतार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

फिल्म उतार्ने निर्णय गरिएका यी हल अधिकांश सिंगल स्क्रिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?