+
+
Shares

‘पूर्णबहादुरको सारंगी’ पुनः प्रदर्शनमा, टिकट खुलेको एक घण्टामै हाउसफुल

इटहरीसहितका ठाउँमा पनि रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वितरण कम्पनी रिच इन्टरटेनमेन्टले युट्युबमा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने योजना बनाएको छ।
  • सर्वकालीन ब्लकबस्टर 'पूर्णबहादुरको सारंगी' संखुवासभाको खाँदबारीस्थित जीएसएफ हलमा पुनः प्रदर्शन गरिएको छ।
  • टिकट खुलेको एक घण्टामै हाउसफुल भएको र आगामी दिनमा इटहरीको एलिट हलमा पनि पुनः प्रदर्शन गरिने बताइएको छ।

काठमाडौं । चुनावका कारण हलहरू सुनसान भएका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्टले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने भएको छ ।

यसको सुरुवात बिहीबार संखुवासभाको खाँदबारीस्थित जीएसएफ हलमा सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ को पुनः प्रदर्शनबाट गरिएको हो । रोचक कुरा के भने, टिकट खुलेको एक घण्टामै शो हाउसफुल भएको छ ।

उक्त हलमा बिहीबार बेलुका ७ बजे शो राखिएको थियो । वितरक करण क्रेजीले अनलाइनखबरसँग भने, “हामीले परीक्षणका रूपमा यो हिट फिल्म पुनः प्रदर्शन गरेका थियौं । टिकट खुलेको एक घण्टामै हाउसफुल भयो । यसले आशा जगाएको छ ।”

हलको एक अडिटोरियममा १४२ सिट क्षमता छ । केही दिन दैनिक एक शो सञ्चालन गरिने बताउँदै उनले यस सप्ताहन्तदेखि इटहरीको एलिट हलमा पनि ‘पूर्णबहादुरको सारंगी’ पुनः प्रदर्शनमा ल्याइने जानकारी दिए ।

विजय बराल अभिनीत यस फिल्मले ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाउँदै नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान कायम गरेको छ ।

करण क्रेजीले भने, “सारंगी इतिहास रचेको फिल्म हो । धेरै फिल्म युट्युबमा आइसकेका हुन्छन् । हलमा फिल्म नभएको समयमा उद्योगको हितका लागि हामीले वितरण गरेको फिल्म पुनः प्रदर्शनमा ल्याएका हौं । हल र निर्मातालाई असर नपर्ने समय छनोट गरेर फिल्म प्रदर्शन गर्नेछौं ।”

उनका अनुसार मोहर, अन्जिला, आमा र ‘ह्रस्व दीर्घ’ को हिन्दी संस्करणलाई पनि पुनः प्रदर्शन गर्ने तयारी भइरहेको छ । यस विषयमा सम्बन्धित वितरकसँग छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?