News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सरोज पौडेलले आफ्नो चौंथो फिल्म 'सिन्दुरे जात्रा' बनाउने घोषणा टिजर भिडियोमार्फत गरेका छन्।
- फिल्म 'सिन्दुरे जात्रा' सारंगी फिल्म्सको प्रस्तुति रहनेछ र निर्मातामा प्रभाकार श्रेष्ठ छन्।
- पौडेलको तेस्रो फिल्म 'कोेशेढुंगा' हालै प्रदर्शनमा आएको थियो।
काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले चौंथो निर्देशकीय फिल्मको घोषणा गरेका छन् ।
शीर्षक तय छ- सिन्दुरे जात्रा ।
शीर्षक घोषणाको टिजर भिडियोमार्फत उनले फिल्म बनाउने घोषणा गरेका छन् । टिजरको पृष्ठभूमिमा सिन्दुरे जात्राको मन्त्रोच्चारण महसुस गर्न सकिन्छ ।
सारंगी फिल्म्सको प्रस्तुति रहने फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । कास्टिङबारे खुलाइएको छैन ।
‘वेलकम टु हेम्जाकोट’ डेब्यू निर्देशक पौडेलको तेस्रो फिल्म ‘कोेशेढुंगा’ हालै प्रदर्शनमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4