+
+

गोरखाको दुर्गम गाउँमा ५ शय्याको अस्पताल तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १८:२०

५ मंसिर, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण भएको छ ।

देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप धार्चे गाउँपालिका–३ खोर्लावेशीमा अस्पताल निर्माण गरिएको हो ।

स्वीटजरल्याण्डको अर्थ सी एयर नामक संस्था र गाउँपालिकाको साझेदारीमा अस्पताल भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

‘उक्त संस्थाको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागत सहभागितामा अस्पताल बनेको हो’, उनले भने, ‘कुल लागत दुई करोड २८ लाख हो ।’ भवनमा पाँच वटा ब्लक रहेको छ ।

अस्पताल निर्माणका लागि १२ असोज २०७६ मा छाया नेपाल र पालिकाबीच सम्झौता भएको थियो । पालिकाका अनुसार भवन निर्माण कार्य गत बर्ष नै सकिएको हो । ‘भवन बनेपनि अस्पतालका लागि आवश्यक उपकरण खरिद र जडान गर्ने काम बाँकी थियो, त्यो काम यो बर्ष पूरा भयो’, सुनारले भने ।

अस्पतालको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद सुशीला सिंखडा र गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका छन् ।

सो अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, सामान्य चिकित्सा सेवा, ओपिडी सेवा, प्रसुति सेवा, ल्याब सेवा, खोपसम्बन्धी सेवा, दन्त सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी सेवा उपलब्ध हुने बताइएको छ । पोष्टमार्टम र शव परीक्षण सेवाहरू पनि उपलब्ध हुने पालिकाले जनाएको छ ।

पालिकाका अनुसार अस्पतालको जनशक्तिका रुपमा हाल दुई जना मेडिकल अफिसर, तीन जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, एक जना रेडियोग्राफर, एक जना फार्मेसी एसिस्टेन्ट, एक जना ल्याव टेक्निसियन, एक जना डेन्टल हाइजिनिक र चार जना कार्यालय सहयोगी रहेका छन् ।

आधारभूत अस्पताल निर्माण भएसँगै अहिले धार्चेसँगै चुमनुब्रीका स्थानीय बासिन्दालाई पनि स्वास्थ्य सेवा लिन निकै सहज हुने अपेक्षा गरिएको छ ।

‘यसअघि हाम्रो पालिकामा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुदै आएको थियो । त्यो बाहेकको अन्य उपचारका लागि आरुघाट कि गोरखा बजार जानुपर्ने बाध्यता थियो’, प्रमुख प्रशासकीय अधिकृत सुनारले भने, ‘अब त्यो बाध्यता पनि हट्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?