 
																			१० मंसिर, काठमाडौं । सडक खनेर हिलो पारेको भन्दै काठमाडौं महानगरपालिकाले २५ हजार जरिवाना गराएको छ ।
काठमाडौं महानगरपालिका–४ स्थित मानश्री मार्गमा स्वेता शाहले सडक खनेर हिलो पारेबापत जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ ।
महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।
यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन । पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुगेपनि एमालेले अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत् पत्र पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4