+
+

कांग्रेसले भन्यो : चुनावमा मतदाताको सहभागिता उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:०६
शेरबहादुर देउवा/फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न जनाइएको छ ।

उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको जानकारी गराएको छ ।

आइतबार ४१ पदका लागि निर्वाचन भएको थियो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।

कांग्रेसले निर्वाचन शान्तिपूर्ण, भयरहित, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सफल भएको दाबी सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?