+
+

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २३:५४

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे ।

वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्रागरेका छन् ।

यहाँ ०७९ को निर्वाचनमा पनि नेपाली कांग्रेस विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?