+
+

कैलालीमा साढे ७ ग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ६:२८

१९ मंसिर, धनगढी । कैलालीमा साढे ७ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय विकास चौधरी र २७ वर्षीय विज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक बिशनदत्त भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ ग्राम ५९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

उनीहरुलाई नियन्त्रणमा राखेर अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?