
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभाग विस्तार गरेको छ । जीवन राना प्रमुख रहको उक्त विभागमा १० जना सदस्य थपिएको छ । बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा आइतबार नयाँ सदस्यहरू थपिएका हुन् ।
मनोनीत सदस्यहरूमा सुनसरीकी लक्ष्मी ठाकुर, रामेछापका निर्मल घिसिङ, इलामकी योगमाया गिरी, कास्कीका चन्द्र गुरुङ, बाँकेका खलिल खाँ, रुपेन्देहीकी रूपा विक, कालिकोटकी सुशिला बम छन् ।
थप मनोनित सदस्यहरूमा बाराका यादवकृष्ण चौधरी, कञ्चनपुरका हरि अधिकारी र भागिरथि विष्ट छन् । विधानतः विभागमा बढीमा ५१ जना राख्न सकिने व्यवस्था छ । पार्टीले हालका लागि १० जना सदस्य मनोनित गर्न विभाग प्रमुखहरूलाई निर्देशन दिएको छ ।
जनसम्पर्क समिति समन्वय विभागमा भने पार्टी निर्देशनभन्दा बढी सदस्यलाई मनोनित गरिएको छ । किरण शर्मा पौडेल प्रमुख रहेको जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित गरिएको छ ।
प्रतिक्रिया 4