काठमाडौं । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा दीक्षान्त समारोह आयोजना गरेको छ ।
कलेजका अनुसार यस वर्ष २५८ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा १५० स्नातक र १०८ स्नातकोत्तर उत्तीर्ण गर्ने विद्यार्थी छन् ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजले जनाएको छ ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बीबीए–बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादवप्रसाद पाण्डेलाई प्रदान गरिएको छ ।
उनी १५० जना विद्यार्थीमध्येबाट छानिएक हुन् । उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने छन् ।
यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4