+
+

६ दिनदेखि काबेली खोलामा बेपत्ता पुरुषको शव भेटियो

सशस्त्र प्रहरीको गोताखोर टोलीले बालुवाले पुरिएको अवस्थामा बुढाथोकीको शव निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १४:१६

२५ मंसिर, काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता व्यक्तिको शव फेला परेको छ ।

घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइमा बालुवाले पुरिएको अवस्थामा राजेन्द्र बुढाथोकीको शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालुवाले पुरिएको अवस्थामा बुढाथोकीको शव निकालेको हो ।

काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी २९ मंसिरदेखि बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज १९ मंसिरदेखि खोजीकार्यमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?