+
+

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १६:०५

२५ मंसिर, काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

सम्झौता मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?