
२६ मंसिर, काठमाडौं । स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।
अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4