![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/09/stock_market-1024x569.png)
२८ मंसिर, काठमाडौं । यो साता सेयर बजार १.९ प्रतिशत घटेको छ । गत साता २७३४ अंकमा रहेको बजार यो साता २६८२ अंकमा झरेको छ ।
गत साता पनि बजार ०.५ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता १ दिन बजार बढ्दा ४ दिन घटेको छ ।
पहिलो दिन आइतबार ४५.९३ अंक घट्यो । सोमबार १२.८४ र मंगलबार ६.३२ अंक घटेको बजार बुधबार ४५.८८ अंक बढ्यो भने बिहीबर फेरि ३३.४२ अंक घट्यो ।
बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ६२ करोड, मंगलबार ४ अर्ब ४१ करोड, बुधबार ५ अर्ब ५ करोड र बिहीबार ६ अर्ब १४ करोडको कारोबार भयो ।
यो साता उत्पादन तथा प्रशोधन बाहेक सबै सेक्टरका सूचक घटे । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८८ प्रतिशत घटेको छ । गत साता समग्र बजार घट्दा पनि यो समूह १.३७ प्रतिशत बढेको थियो । त्यस्तै गत साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको थियो ।
यो साता फाइनान्स ३.२ प्रतिशत घट्यो । गत साता १९.९ प्रतिशत बढेको व्यापार समूह यो साता २.८३ प्रतिशत घट्यो । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.९० प्रतिशत घट्दा हाइड्रोपावर १.९ प्रतिशत घट्यो ।
यो साता बजारमा समूहगत उतारचढाव
समूह | गत साताको अंक | यो साताको अंक | वृद्धिदर प्रतिशत |
बैंकिङ | १,४४० | १,४२७ | –०.९० |
विकास बैंक | ५,८१७ | ५,६८९ | –२.२० |
फाइनान्स | ३,३६८ | ३,२५९ | –३.२३ |
हाइड्रोपावर | ३,६१५ | ३,५४६ | –१.९० |
माइक्रोफाइनान्स | ५,०५२ | ४,९३९ | –२.२३ |
जीवन बीमा | १३,७४५ | १२,९३६ | –५.८८ |
निर्जीवन बीमा | १३,०७८ | १२,८२१ | –१.९६ |
होटल तथा पर्यटन | ६,८५२ | ६,६२५ | –३.३१ |
उत्पादन तथा प्रशोधन | ६,७३६ | ६,८६५ | १.९१ |
लगानी | १०४.७५ | १०२.९८ | –१.६८ |
व्यापार | ५,०७४ | ४,९३० | –२.८३ |
अन्य | २,००३ | १,९८१ | –१.०९ |
प्रतिक्रिया 4