+
+

मध्यम आकारका कम्पनीमा महिला सहभागिता बढाउँदै जापान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १७:३८

२९ मंसिर, टोकियो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई व्यवस्थापन पदहरूमा महिलाको अनुपात खुलाउन आवश्यक पर्ने नीति ल्याउने तयारी गरिरहेको छ ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार यस कदमको उद्देश्य व्यवस्थापकीय भूमिकामा महिलाको सक्रिय नियुक्तिलाई बढावा दिन र सम्भावित रोजगारदाताको मूल्याङ्कन गर्दा जागिर खोज्नेहरूलाई सान्दर्भिक जानकारी प्रदान गर्नु हो ।

मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणअनुसार शाखा प्रमुख र माथिको तहमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता १२.७ प्रतिशत मात्रै रहेको थियो, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम हो ।

तलब असमानता सम्बन्धी पारदर्शिता सुनिश्चित गर्न मध्यम आकारका कम्पनीहरूलाई लैंगिक तलब अन्तर खुलाउन बाध्य पार्ने पनि मन्त्रालयको योजना छ ।

मन्त्रालयले वर्षको अन्त्यसम्ममा यी उपायहरूलाई अन्तिम रूप दिने र औपचारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?