+
+

एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः बुढाथोकी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ११:४२

१ पुस, काठमाडौं । एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः विपिन बुढाथोकी चयन भएका छन् ।

नवलपरासीको गैँडाकोटमा मंसिर २९ र ३० गते आयोजित ३३औं वार्षिक साधारण सभाले विपिन बुढाथोकीलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले सन् २०२५ का लालि नयाँ मानवअधिकार कार्ययोजनासमेत तय गरेको छ । १५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पारित पनि गरेको छ ।

नवनिर्वाचित अध्यक्ष बिपिन बुढाथोकीले एम्नेस्टी नेपालको अभियानलाई अझ सशक्त मानवअधिकार आन्दोलनको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा प्रतिनिधि सभाका सदस्य गगनकुमार थापाले दक्षिण एसियामा नेपालको लोकतान्त्रिक मूल्य र मानवअधिकारको महत्त्वलाई जोड दिएका थिए ।

संस्थाका निर्देशक निराजन थपलियाले नयाँ नेतृत्व समावेशी र विविधतायुक्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?