
३ पुस, काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक बराबर एक अनुपातमा सवा ९६ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको २ पुसमा बसेको बैठकले १ सय रुपैयाँ अंकित मूल्यका ९६ लाख २६ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यो भनेको ९६ करोड २५ लाख रुपैयाँ बराबर हो ।
पाँचतर हेवा खोलामा निर्माण सम्पन्न भएको १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना सञ्चालक कम्पनी पाँचथर पावरले गत असोज दोस्रो साता आएको बाढीबाट आयोजनामा क्षति पुगेको र त्यसको पुनर्निमाण तथा मर्मत कार्य एवं बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4