+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ । यवा विभाग इन्चार्जमा लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्ज रामकुमारी झाँक्री बनेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १७:११

४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ ।

गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा नेताहरुको कार्य विभाजन हुन सकेको थिएन । तर २६ मंसिरदेखि एक साता चलेको स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाएको हो ।

नयाँ कार्य विभाजन अनुसार कोशी इन्चार्ज उपमहासचिव राजेन्द्र राई, मधेश इन्चार्ज उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमती इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर, गण्डकी इन्चार्ज सचिव श्रीनाथ बराल, लुम्बिनी इन्चार्ज उपमहासचिव मेटमणि चौधरी, कर्णाली इन्चार्ज सचिव चन्द्रबहादुर शाही र सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष जानुभक्त जोशी बनेका छन् ।

सम्मानित नेता झलनाथ खनाल स्कुल विभाग प्रमुख बनेका छन् । बरिष्ठ नेताहरु बेदुराम भुसाल संगठन विभाग प्रमुख र प्रमेश हमाल विदेश विभाग प्रमुख बनेका छन् ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष जगनाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख र उपाध्यक्ष जयन्ती राईलाई अनेम संघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भूसालले पार्टी कामको अनुगनमनको जिम्मेवारी पाएका छन् । उपमहासचिव गरिमा शाहलाई संसदीय फाँट इन्चार्ज र अर्का उपमहासचिव रामकुमार भट्टराईलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । यवा विभाग इन्चार्जमा लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्ज रामकुमारी झाँक्री बनेकी छन् ।

स्थायी कमिटीबाट अनुमोदित नेताहरुको कार्य विभाजन सम्बन्धी जानकारी अपानि मार्फत् भोलि मातहटको कमिटीमा पठाउने तयारी छ । ‘पदाधिकारी सहित सबै केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको छ । भोलितिर अपानि जारी हुन्छ’, उपाध्यक्ष खतिवडाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?