+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पोखरामा क्रिसमस इभ (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ पुष ९ गते २०:३४

९ पुस, पोखरा। ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटनको राजधानी शहर पोखरामा ‘क्रिसमस इभ’ को रौनक छाएको छ । पोखराका विभिन्‍न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ ।

‘क्रिसमस इभ’मा पोखराका लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, बिरौटा, राष्ट्र बैंक चोक, ड्याम साइडलगायतका क्षेत्रमा युवापुस्ता झुम्‍ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् ।

२५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको अवसर पारेर आज ‘क्रिसमस इभ’ मनाउने गरिन्छ।

क्रिस्चियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउँछन्।

सरकारले क्रिसमस डेको अवसरमा भोलि पुस १० गते सार्वजनिक बिदा दिएको छ ।

हेर्नुहोस् क्रिसमस इभका तस्वीरहरू : 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?