+
+

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

रासस रासस
२०८१ पुष १२ गते १२:४६

१२ पुस, देउखुरी (दाङ) । दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही तीन लाख र पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

डाक्टर पढ्नेलाई छात्रवृत्तिवापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ ।

त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ ।

यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टु सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?