+
+

सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण कार्यक्रम स्थगित

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती मकुना प्रवेश गरेको छ । सुरक्षाका लागि सेनाको टोली खटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १४:३२

१५ पुस, काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो ।

बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको हो ।

कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ ।

कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

हात्ती महोत्सवका संयोजक राम कुमार अर्यालले त जंगली हात्ती आएर कुनै भागदौड नभएको र मानिस जंगली जनावरसँग मिलेर बस्‍नुपर्ने सन्देश दिएको बताए । उनले भने, ‘ हाम्रो घर जंगल छेउमै छ। हामी मानिस पनि वन्यजन्तुमैत्री बन्नुपर्छ भन्‍ने सन्देश दिएको छ। यसले महोत्सवलाई राम्रो गरेको छ। यहाँ कोही कतै भागदौड भएको देखिदैन। ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?