+
+
प्रविधि :

अब ह्वाट्सएप भित्रै डकुमेन्ट स्क्यान गरेर पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १६:४०

काठमाडौं। लोकप्रिय मेसेजिङ प्लटफर्म वाट्सएपले एउटा नयाँ फिचर ल्याउँदैछ। यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई निकै सजिलो पार्नेछ किनभने उक्त फिचरको मद्दतले प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट सिधै कुनैपनि डकुमेन्ट स्क्यान गर्न र त्यसलाई शेयर गर्न सक्नेछन् ।

यो फिचर अहिले परीक्षण तथा विकासको चरणमा रहेको छ र तत्कालका लागि आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ। सबै प्रयोगकर्तामाझ यसको पूर्ण संस्करण कहिले सार्वजनिक गर्ने भन्ने विषयमा ह्वाट्सएपले कुनै नकारी गराएको छैन ।

यस फिचरको मद्दतले कुनैपनि डकुमेन्टलाई स्क्यान गर्नका निम्ति अन्य कुनै एपमा जानुपर्ने छैन र मोबाइल प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट नै डकुमेन्ट स्क्यान गर्न सक्नेछन्।ह्वाट्सएपको आइओएस भर्सनको पछिल्लो अपडेटमा यो फिचर रहेको छ।

ह्वाट्सएपको यो निकै उपयोगी फिचर प्रयोग गर्नका निम्ति सबैभन्दा पहिले आफ्नो मोबाइलको ह्वाट्सएपमा च्याट ओपन गर्नुहोस् ।त्यसपछि सेयरिङ मेनुमा गई डकुमेन्ट अप्सन छान्नुहोस् । त्यहाँ क्यामेरा अप्सन छानेर क्यामेरामा ट्याप गर्नुहोस्।

तत्पश्चात् तपाइँले मोबाइलको क्यामेरालाई कागजात स्क्यान गर्ने अनुमति दिनुपर्नेछ। यसरी डकुमेन्ट स्क्यान गर्न सकिनेछ। डकुमेन्ट स्क्यान भइसकेपछि त्यसलाई क्रप गर्नेदेखि लिएर एडजस्ट, ब्राइटनेस सेटिङ लगायतको अप्सन पनि त्यहाँ उपलब्ध हुनेछ।

स्मरण रहोस् ह्वाट्सएपले पछिल्ला दिनमा आफ्नो प्लाटफर्ममा विभिन्न नयाँ सुविधा तथा फिचरहरु थपिरहेको छ। साथै ह्वाट्सएपले भिडियो कलिङका क्रममा एआई इफेक्ट, ब्याकग्राउण्ड फिल्टर जस्ता फिचर पनि थप गर्ने तयारी गरेको छ।

यसको क्यामेरा फिचरमा गूफ इफेक्ट, टच अप मोड, लो लाइट मोड तथा कस्टमाइज ब्याकग्राउण्ड लगायतका विभिन्न विकल्प रहनेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?