+
+

विशेष अदालतमा सुरु भयो टिकापुर जग्गा भ्रष्टाचार मुद्दाको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:२८

१७ पुस, काठमाडौं । विशेष अदालतले कैलालीको टिकापुर नगर विकास समितिको जग्गा अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २४९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दालाई नियमित सुनुवाइ गर्ने आदेश गरेको हो ।

नक्कली रसिद बनाएर गलत ढंगले सार्वजनिक जग्गा व्यक्तिको नामा दर्ता गरेको आरोपमा अख्तियारले २५ माघ, २०८० मा समितिका अध्यक्षहरू, पदाधिकारीहरू, कर्मचारीहरु अनि जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएकामध्ये १४ जना टिकापुर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । ११० जना जग्गाधनी छन् । जग्गा लिएकामध्ये ७ जनाको निधन भइसकेको छ ।

टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको भन्दै अख्तियारले भ्रष्टाचार भएको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?