+
+

अनुया तामाङ बनिन् ‘द भ्वाइस ग्लोबल’को उत्कृष्ट आठौं विजेता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते २०:२०
भ्वाइस किड्स नेपालमा प्रस्तुति दिँदै अनुया तामाङ ।

काठमाडौं । ११ वर्षिया अनुया तामाङ सन् २०२४ मा ‘द भ्वाइस ग्लोबल’की आठौं स्थानकी विजेता बन्न सफल भएकी छन् । ‘द भ्वाइस ग्लोबल’ सांगीतिक रियालिटी शो ‘भ्वाइस’को माउ टेलिभिजन कार्यक्रम हो ।

‘द भ्वाइस ग्लोबल’ले संसारभरका ‘द भ्वाइस किड्स’का विजेतालाई समेट्दै विजेता सूची तयार पारेको छ । जसअनुसार, उक्त वर्ष भ्वाइस किड्सको नेपाल संस्करणको उपाधि जितेकी अनुया भ्वाइस ग्लोबलको आठौं स्थानमा पर्न सफल भएकी हुन् ।

‘द भ्वाइस ग्लोबल’को युट्युव च्यानलले अनुयाले दिएका दुई प्रस्तुतिलाई समेटेको छ । ‘सपना भइ आँखामा’ र ‘थिम्पुको चिसो हावाले सपनीमा आउनेलाई’ गीतमा प्रस्तुति दिएकी थिइन् । अघिल्लो गीतलाई उनले ब्लाइन्ड अडिसन र पछिल्लोलाई फिनालेमा प्रस्तुत गरेकी थिइन् ।

सूचीमा नेपालसहित जर्मनी, कोलम्बिया, फ्रान्स, स्पेन, पोल्याण्ड, मंगोलिया, पोर्चुगलका विजेतालाई पनि समेटिएको छ । भ्वाइस किड्स नेपालको भदौ पहिलो साता सम्पन्न फिनालेमा उनले उत्कृष्ट प्रस्तुति दिएकी थिइन् ।

नेपालीभाषी भुटानी परिवारमा जन्मिएकी अनुयाले हालै ५ कक्षा उत्तिर्ण गरेकी छन् । उनको परिवार अमेरिकाको पेन्सिलभेनिया राज्यमा बसोबास गर्दै आएको छ । नेपाली पढ्न लेख्न नजान्ने अनुयाले यतिबेला नेपाली कखरा सिकिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?