+
+
Shares

नेपाली पढ्न-लेख्‍न नजान्ने अनुयाको लोभलाग्दो नेपाली संगीत मोह  

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १६:२०

काठमाडौं । ‘भ्वाइस किड्स’मा प्रतिस्पर्धा गर्नकै लागि ११ वर्षीया अनुया तामाङ काठमाडौं आएकी थिइन् । देवनागरी लिपि चिन्दिनन् तर नेपाली भाषा र संगीतप्रति उनको मोह लोभलाग्दो छ ।

अमेरिकामा जन्मे-हुर्केकी अनुया टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको उपाधि जित्ने पहिलो बालिका बनेकी छन् । शनिबार राति उनले यो उपाधि जितेर एउटा सपना पूरा गरिन् ।

हालै पेन्सिलभेनिया राज्यको एक स्कुलबाट ५ कक्षा उत्तीर्ण गरेकी उनी नेपाली संगीतको नयाँ पालुवा हुन् । भ्वाइस किड्सको उपाधि जितेको भोलिपल्ट आइतबार उनी बुवा ओमराजलाई लिए