+
+

अधिक नाफा लिनेलाई अब ‘उपभोक्ता संरक्षण ऐन’ अनुसार कारबाही हुने

यसअघि तोकेको प्रतिशतभन्दा बढी मुनाफा गर्ने व्यवसायीलाई कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बाट दण्डित गर्ने गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १९:४६

२८ पुस, काठमाडौं । तोकेको प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई अब ‘उपभोक्ता संरक्षण ऐन’अनुसार कारबाही हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट ल्याएको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत् सरकारले यस्तो व्यवस्था गरेको हो ।

यसअघि तोकेको प्रतिशतभन्दा बढी मुनाफा गर्ने व्यवसायीलाई कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बाट दण्डित गर्ने गरिएको थियो ।

सरकारले अध्यादेशमार्फत् कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ (उपदफा १) झिक्ने निर्णय गरेको हो । यो दफामा सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई मालवस्तुको अनुचित नाफा लिई बिक्री गरे एक वर्षसम्म कैद वा दुई लाख ५० हजारसम्म जरिवाना तोक्न सक्ने उल्लेख थियो । अध्यादेश राष्ट्रपति कार्यालयबाट स्वीकृत भएपछि यो प्रावधान लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?