+
+

भान्साको सीप बजारीकरण गर्न महानगरको ‘परम्परागत खाद्य मेला’

रैथाने खाना बनाउने सीपलाई सरसफाइसँग जोड्न, सामान किन्दा मिति गुज्रिएको सामान प्रयोग नगर्नका लागि जागरण ल्याउन पनि मेला आयोजना गरेको काठमाडौं महानगरले जनाएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते २२:४२

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रमअन्तर्गत परम्परागत खाद्य सीप भएकाहरूको सहभागितामा दरबार हाइस्कुलमा आइतबार ‘परम्परागत खाद्य मेला’ को आयोजना गरेको छ ।

भान्सामा सिकेको सीपलाई बजारीकरण गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो । रैथाने खाना बनाउने सीपलाई सरसफाइसँग जोड्ने, सामान किन्दा मिति गुज्रिएको सामान प्रयोग गर्नु हुँदैन भन्ने जस्ता कुराहरूबारे जानकारी गराउन पनि यस्तो कार्यक्रम गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

खाद्य स्वच्छताका लागि महानगरपालिकाले प्रदान गर्दै आएको क्षमता विकास तालिममा आज परम्परागत खाद्य सीप भएका मां पुचः, भौ–मचा पुचः, म्ह्याय्–मचा पुचः का करीब पाँच सयको सहभागिता रहेको महानगरपालिकाले जानकारी दियो ।

‘तालिम त अरु–अरुलाई पनि दिएका छौँ । उहाँहरूको सीप घरको भान्छामा मात्रै सीमित थियो । अहिले उहाँहरू विस्तारै बजारमा आउन थाल्नुभएको छ,’ उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘त्यसलाई व्यावसायिक पनि बनाउन थाल्नुभएको छ । हामीले उपभोक्ता हितको कुरा गर्दा नागरिक सचेत हुनुपर्छ भनेका छौं । त्यसलाई पनि ख्याल गरेर यो तालिम दिएका हौं ।’

उपप्रमुख डंगोलले खाद्य सुरक्षाका लागि तालिम दिइएको जानकारी दिइन् । ‘म विभिन्न कार्यक्रममा सहभागी हुँदा महिला दिदीबहिनी र आमाहरूलाई केन्द्रित गरेर यस्तो खालको तालिम दिन आवश्यक छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘सोही अनुसारको कार्यक्रम बनाएर हामीले उहाँहरूले बुझ्ने गरी प्रयोगात्मक तालिमको व्यवस्था गरेका हौं ।’

उनले बजारीकणमा पनि सघाउ पुर्‍याउन यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् । महानगरपालिकाले पहिलोपटक यति धेरैको संख्यामा यस्तो कार्यक्रम गरेको सहभागीहरू उत्साहित देखिन्थे । खाद्य सुरक्षा मेलामा करिब पाँच सयको सहभागिता थियो भने करिब दुई हजारले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?